काठमाडौं । विश्व सामाजिक सेवा दिवसको अवसरमा दैनिकीन्युजका सम्पादक रामहरि कार्की सहितका पत्रकारहरु सम्मानित भएका छन् ।
जिपी कोइराला मेरोरियल क्याम्पसको स्नातक तह समाजकार्य बिषय बिभागद्वारा आज चलचित्र विकास वोर्डको सभाहलमा आयोजित कार्यक्रममा सम्पादक कार्की, समय सन्दर्भ पाक्षिकका सम्पादक डिल्लीराम भट्टराई, नागरिक दैनिकका रुवी रौनियार, नयाँ पत्रिका दैनिकका शिवहरि घिमिरे, राससका पाटन (ललितपुर) समाचारदाता माधवप्रसाद घिमिरे, रातोपाटी अनलाइनका कृष्ण सिंह धामी, दक्ष खवरका सुजन तिमल्सिनालगायतका पत्रकारहरु सम्मानित भएका हुन् ।
पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको क्याम्पस प्रमुख शिवप्रसाद अधिकारीले जानकारी गराए ।
विगत लामो समयदेखि पत्रकारितामा क्रियाशील सम्पादक कार्की न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य समेत हुन् भने करिब १५ बर्षदेखि पत्रकारितामा क्रियाशील माधवप्रसाद घिमिरे विगत दुईवर्षदेखि राससमा कार्यरत छन् ।
सम्मानित हुनेहरुलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले सम्मानपत्रसहित खादा लगाएर सम्मानित गरेकी हुन् ।
