ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अमेरिका भ्रमणमा गएका छन् । मेरिकामा आयोजना हुने यातायातको रूपान्तरण विषयक छलफल कार्यक्रममा भाग लिन प्रमुख महर्जन हिजो (सोमबार) अमेरिका प्रस्थान गरेको महानगरपालिकाले जनाएको छ ।
कार्यक्रममा वातावरण संरक्षण र सहरको सौन्दर्यीकरणका लागि बिजुली गाडीको आवश्यकता, साइकलमैत्री सहर निर्माण, साइकलका लागि पूर्वाधार निर्माण, व्यस्त सहरमा पार्किङको व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ । कार्यक्रममा दक्षिण एसियाका अन्य देशहरूको पनि सहभागिता रहनेछ ।
यस्तै कार्यक्रममा सहभागी देशहरूले सडक पूर्वाधार, सार्वजनिक गाडी र सडक सुरक्षाका लागि अवलम्बन गरेका असल अभ्यासका बारेमा प्रस्तुति हुनेछ ।