ललितपुर । ललितपुर जिल्लाको साविक ईमाडोल गाविस वडा नं. २ घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको घटनामा संलग्न धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ७ घर भई ललितपुर, ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) भन्ने सोभिता
थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका वडा नं. २२ शंखमुलस्थित २०६४ असार २६ गते विष्टलाई सोभिता थापाको योजनामा निजको सहोदर भाई विनोद थापा सहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना पश्चात फरार रहेकी सोभितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ढोलाहिटीबाट पक्राउ गरेको हो ।