Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा (सूचिसहित)

नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा (सूचिसहित)

दैनिकी न्यूज

८, चैत्र २०८०
नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा (सूचिसहित)
images

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका एक सय ४१ डिएसपीको सरुवा गरेको छ । बुधबार प्रहरी महानिरिक्षकको निर्णय अनुसार चैत महिनादेखिको तलब, भत्तासमेत हाल भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुर स्थित ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन भएका छन् । प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराई प्रहरी वृत्त सातदोबाटो, डिल बहादुर मल्ल प्रहरी वृत्त चापागाउँ र प्रेम सागर केसीलाई प्रहरी वृत्त थिमीमा सरुवा गरिएको छ । प्रहरी वृत्त कीर्तिपुरमा भुवनेश्वर साह, नगर प्रहरी कार्यालयमा मदनजित महरा र प्रहरी वृत्त बालाजुमा राम कुमार दानीलाई सरुवा गरिएको छ ।

प्रहरी वृत्त जनसेवामा रुकेश तन्डुकारलाई पठाइएको छ । प्रहरी वृत्त कालीमाटीमा रूपक खड्काको सरुवा भएको छ । प्रहरी वृत्त थानकोटमा सूर्य प्रकाश सुवेदीलाई पठाइएको छ । यसअघि काजमा प्रहरी वृत्त लैनचौरमा पठाइएका सत्यनारायण थापा र वृत्त सिंहदरबारमा गएका चक्रबहादुर शाहको सोही ठाउँमा दरबन्दी कायम गरिएको छ ।

हेर्नुहोस् सूचि

111.jpg

2222.jpg

333.jpg

444.jpg

555.jpg

666.jpg

777.jpg

888.jpg

999.jpg

1000.jpg

1111.jpg

12222.jpg

images
प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - ०७:४४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology