Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा (सूचिसहित)

नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा (सूचिसहित)

दैनिकी न्यूज

८, चैत्र २०८०
नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा (सूचिसहित)
images

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका एक सय ४१ डिएसपीको सरुवा गरेको छ । बुधबार प्रहरी महानिरिक्षकको निर्णय अनुसार चैत महिनादेखिको तलब, भत्तासमेत हाल भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुर स्थित ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन भएका छन् । प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराई प्रहरी वृत्त सातदोबाटो, डिल बहादुर मल्ल प्रहरी वृत्त चापागाउँ र प्रेम सागर केसीलाई प्रहरी वृत्त थिमीमा सरुवा गरिएको छ । प्रहरी वृत्त कीर्तिपुरमा भुवनेश्वर साह, नगर प्रहरी कार्यालयमा मदनजित महरा र प्रहरी वृत्त बालाजुमा राम कुमार दानीलाई सरुवा गरिएको छ ।

प्रहरी वृत्त जनसेवामा रुकेश तन्डुकारलाई पठाइएको छ । प्रहरी वृत्त कालीमाटीमा रूपक खड्काको सरुवा भएको छ । प्रहरी वृत्त थानकोटमा सूर्य प्रकाश सुवेदीलाई पठाइएको छ । यसअघि काजमा प्रहरी वृत्त लैनचौरमा पठाइएका सत्यनारायण थापा र वृत्त सिंहदरबारमा गएका चक्रबहादुर शाहको सोही ठाउँमा दरबन्दी कायम गरिएको छ ।

हेर्नुहोस् सूचि

111.jpg

2222.jpg

333.jpg

444.jpg

555.jpg

666.jpg

777.jpg

888.jpg

999.jpg

1000.jpg

1111.jpg

12222.jpg

images
प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - ०७:४४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology