Logo

बुधवार, श्रावण २७ गते २०८३

images

प्रलोभनमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति पक्राउ

प्रलोभनमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति पक्राउ

दैनिकी न्यूज

९, चैत्र २०८०
प्रलोभनमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति पक्राउ
images

काठमाडौं । पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई झुक्यानमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गरेको अभियोगमा नवलपरासी कावासेती नगरपालिका वडा नं. ८ ठेगाना भई कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १७ दुधपाटीबाट पक्राउ गरेको हो । क्षेत्रीले आफू अविवाहित रहेको भनी पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई बिहे गरेको, मृगौलाको उपचार गर्ने डाक्टर चिनेको भन्दै बुटवल लगि आफ्नै साथीलाई देखाई झुक्यानमा पारेको, उपचारको लागि ७० लाख भन्दा बढि पैसा जम्मा गरेको भनी झुठो कुरा बताई उपचारको लागि थप पैसा झिकाउन लगाई पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेको तथा उपचारको व्यवस्था मिलाउन भनी झुठो बहाना बनाई बेचबिखन गर्ने उद्देश्यले नेपालको सीमा नजिक भारतको बजारसम्म लगेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मानव वेचबिखन व्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - ०६:५४:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology