Logo

बुधवार, श्रावण २७ गते २०८३

images

क्याम्पस तथा विश्वविद्यालयहरुलाई ज्ञान उत्पादन गर्ने थलोको रुपमा विकास गर्नुपर्छ : मन्त्री बस्नेत

क्याम्पस तथा विश्वविद्यालयहरुलाई ज्ञान उत्पादन गर्ने थलोको रुपमा विकास गर्नुपर्छ : मन्त्री बस्नेत

दैनिकी न्यूज

९, चैत्र २०८०
क्याम्पस तथा विश्वविद्यालयहरुलाई ज्ञान उत्पादन गर्ने थलोको रुपमा विकास गर्नुपर्छ : मन्त्री बस्नेत
images

ललितपुर । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले क्याम्पस तथा विश्वविद्यालयहरुलाई ज्ञान उत्पादन गर्ने थलोको रुपमा विकास गर्नुपर्छ भन्ने धारणा राखेका छन् ।
नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा अखिल (क्रान्तिकारी) पाटन क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रममा मन्तव्य राख्दै मन्त्री बस्नेतले क्याम्पस र विश्वविद्यालयलाई ज्ञान प्रशारणको थलो मात्रै सीमित नगरेर ज्ञान उत्पादन गर्ने थलोको रुपमा पनि विकास गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजान सक्नुपर्ने धारणा राखेका थिए ।

‘गौरवशाली इतिहास बोकेको यो क्याम्पसको आफ्नै इतिहास छ। अहिलेको देशको प्रधानमन्त्रीले पनि २८–२९ सालतीर यही क्याम्पसमा पढ्नुभएको थियो ।उच्चशिक्षा हासिल गर्ने जिम्मेवारी पूरा गर्दै मुलक र देशको भविष्य निर्माणका लागि पनि क्रियाशील रहन विद्यार्थी भाईबहिनीहरुमा आग्रह गर्न चाहान्छु ।' मन्त्री बस्नेतले भने ।
उनले मुलुकको स्वाभिमान र स्वाधीनताका लागि त्याग गर्ने सहिदको योगदानमा खडा भएको अखिल (क्रान्तिकारी) ले मुलुकको राजनीतिक जीवनमा परिवर्तन ल्याउन संघर्ष गरेको बताउँदै बदलिएको परिवेशसंगै इतिहास र आदर्शलाई मुलुकको आवश्यकता र सन्दर्भसँग जोडेर देशको अवस्था परिवर्तनमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे ।
देशका हरेक नागरिकले देशको भविष्य प्रति गर्व गर्दछन् भने राष्ट्रको विकास हुने बताउँदै उनले त्यसका लागि उच्चमनोवल र गौरवको सन्देश बोकेर लाग्नुपर्नेमा जोड दिए ।
उनले क्रान्ति सफल भएको दुई दशकमै सफलता हासिल भएन भनेर लिन नहुने बताउदै सुशासन, सामाजिक न्यायसहितको विकासलाई पूरा गर्दै सरकार अगाडि बढ्छ भन्ने धारणा ब्यक्त गरे ।

नेपालमा उर्जा उत्पादनको १ सय १२ बर्ष पूरा भएको बताउदै मन्त्री बस्नेतले आगामी १२ बर्षमा २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएर मन्त्रालय अगाडि बढिरहेको बताए ।
'१९६८ मा पहिलोपटक उर्जा उत्पादन सुरु भयो । त्यो वेलादेखि २०४८ सालसम्म ७८ वर्षको अवधि २५० मेगावाट उत्पादन भएछ। २०४८ देखि २०६२–६३ सम्म २५० थप भइ ५ सय मेगावाट उत्पादन भएछ । वि. सं. २०७२ सम्म ३०० मेगावाट र अहिले २९ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ। यो तथ्यले पनि देश उन्नति तर्फ गइरहेको देखाएको छ ।' मन्त्री बस्नेतले भने ।

उनले १० बर्षमा गरिएको कामले मुलुकले सार्थकता प्राप्त गरिनसकेको भए पनि निरन्तरता जारी रहँदा त्यसले सार्थकता प्राप्त गर्ने बताउदै यो देशमा केही हुँदैन भन्ने भाश्यलाई चिर्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका अध्यक्ष तथा बागमती प्रदेश सदस्य सरल सहयात्रीले सानोभन्दा सानो काम गरेर पनि देशमा बाँच्न सकिन्छ भन्दै यो देश बनाउनुपर्छ र सकिन्छ भन्ने कुराबाट प्रेरित भएर उच्चशिक्षा हासिल गर्दै देशको अवस्था परिवर्तनमा लाग्न आग्रह गरे । उनले हरेक क्षेत्रबाट देशको विकासका लागि योगदान गर्न सकिन्छ भन्दै हाम्रो पिता पुर्खाले पाखो पखेरो खनेर बनाएको देशको विकास र समृद्धिको लागि क्रियाशील हुनुपर्ने बताए । पढ्दै नपढेको व्यक्तिले पनि लामो समय एउटा काममा निरन्तरता दियो भयो भने त्यो क्षेत्रमा विज्ञ हुन सक्छ भन्दै उनले देशमा भएको परिवर्तनको इतिहासलाई अध्ययन गर्न सकिएन भने भ्रमले राज्य गर्ने प्रष्ट पारे । नराम्रो कुरा छिटो विक्छ, राम्रो कुरा विक्न समय लाग्छ भन्दै उनले सत्य कुरालाई आत्मसात गर्न समय र धैर्यता चाहिनेमा जोड दिए ।

a126d923-cc07-43d8-88e8-b326042f99a9.jpg

कार्यक्रममा उपप्राध्यापक शारदा लामिछाने सहित अखिल (क्रान्तिकारी) का केन्द्रीय पदाधिकारीहरुसमेतले मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - १८:२०:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology