Logo

बुधवार, श्रावण २७ गते २०८३

images

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन

दैनिकी न्यूज

९, चैत्र २०८०
मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन
images

काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मिटरब्याज अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगको सदस्यमा पुष्कर कार्की र सञ्जीव मिश्र रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । यसअघि सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।

गएको फागुन २८ गते सरकार र मिटरब्याज पीडितबिच चार बुँदे सहमति भएको थियो । सहमतिमा तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी जाँचबुझ आयोग गठन गर्ने उल्लेख थियो । सहमतिसँगै माघ १६ गतेदेखिको काठमाण्डौ केन्द्रित आन्दोलन स्थगित भएको थियो ।

images
प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - १८:५८:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology