Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुर प्रहरीका दिपक सुनार बने ‘पुलिस अफ द मन्थ’

ललितपुर प्रहरीका दिपक सुनार बने ‘पुलिस अफ द मन्थ’

दैनिकी न्यूज

९, चैत्र २०८०
ललितपुर प्रहरीका दिपक सुनार बने ‘पुलिस अफ द मन्थ’
images

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरले फागुन महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषणा गरेको छ ।

प्रहरी पहरागण कार्यालय सामाखुसी, काठमाडौं दरबन्दी भई हाल प्रहरी प्रभाग सानेपामा कार्यरत प्रहरी सहायक हवल्दार दिपक सुनारलाई प्रहरीको फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

प्रभाग सानेपामा कार्यरत सुनारले गत फागुन २४ गते ललितपुर–४ नख्खुदोवाटोमा सिआरभि डिउटीमा रहेको समय ठूलो परिमाणमा लागु औषध नियन्त्रणमा लिन सफल भएकोले उनलाई जिल्ला प्रहरी परिसर, ललितपुरले महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरेको हो ।

विभागीय मूल्य–मान्यता र आदेशको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर आफ्नो जिम्मेवारी पूरा गरेकोले महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी नरेश राज सुवेदीले बताए ।

सुनारले अवैध लागूऔषध, चोरी तस्करी तथा अपराधमा संलग्नलाई पक्राउ गरी अपराध नियन्त्रणमा सहयोग गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ । साथै उनको यो कामले आम जनमानसमा प्रहरीप्रति विश्वास जगाउन विशेष भूमिका खेलेको ललितपुर प्रहरीको भनाइ छ ।

IMG_3683.JPG

images
प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - १९:३१:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology