ललितपुर । ललितपुर निर्माण व्यवसायीका सदस्य तोरण कुमार लामा माथि खुकुरी प्रहार गरेको छ ।
बिहीबार धादिङ जिल्ला, सिद्धलेक गाउँपालिका स्थित बैरेनी पिपलनलाङ ठाँटी कमलावारी (वरबोटेदेखि भट्टराई चौतारा खण्ड) सडक नेशन श्री वाराही लामा जेभीबाट निर्माण गर्ने क्रममा बिहीबार स्थानीय पृथ्वी गुरुङ र राजिव गुरुङले खुकुरी प्रहार गरिएको ललितपुर निर्माण व्यवसायी संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
घाइते लामाको हातको औला काटिएको र ललितपुरको वि एण्ड वि हस्पिटलमा औषधी उपचार भैरहेको संघका उपाध्यक्ष भगिरथ तिमल्सिनाले जानकारी दिए ।