ललितपुर । ललितपुर जिल्लाको ललितपुरको नख्खुबाट जुवातास खेलीरहेको अवस्थामा १० जुवाडे पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका–१८ नख्खूस्थित रूम्बा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–४ नख्खु बस्ने धादिङ निलकण्ठ नगरपालिका–४ घर भएका ४४ वर्षीय राजेन्द्र बहादुर आलेमगर समेत १० जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ हजार ७ सय २५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।