Logo

बुधवार, श्रावण २७ गते २०८३

images

इलाम २ मा एमालेले सुहाङलाई उम्मेदवार बनाउने

इलाम २ मा एमालेले सुहाङलाई उम्मेदवार बनाउने

दैनिकी न्यूज

११, चैत्र २०८०
इलाम २ मा एमालेले सुहाङलाई उम्मेदवार बनाउने
images

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ।

यस्तै, एमालेले बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन्।

इलाम–२ बाट निर्वाचित सुवास नेम्वाङको गत २६ भदौमा निधन भएकाले सो निर्वाचन क्षेत्र रिक्त छ। त्यसैले उपनिर्वाचन हुन लागेको हो।

एमालेले लगातार जितेको सो क्षेत्रमा एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। जिल्ला र प्रदेशबाट सुहाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस भएको थियो।

images
प्रकाशित मिति :चैत्र ११, २०८० आइतवार - २१:२९:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology