Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुरको नख्खुबाट १० जुवाडे नगद २ लाख ६ हजारसहित पक्राउ

ललितपुरको नख्खुबाट १० जुवाडे नगद २ लाख ६ हजारसहित पक्राउ

दैनिकी न्यूज

१२, चैत्र २०८०
ललितपुरको नख्खुबाट १० जुवाडे नगद २ लाख ६ हजारसहित पक्राउ
images

ललितपुर । ललितपुर जिल्लाको ललितपुरको नख्खुबाट जुवातास खेलीरहेको अवस्थामा १० जुवाडे पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–१८ नख्खूस्थित ईमान सिं रुम्बाले सञ्चालन गरेको रूम्बा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–४ नख्खु बस्ने धादिङ निलकण्ठ नगरपालिका–४ घर भएका ४४ वर्षीय राजेन्द्र बहादुर आलेमगर समेत १० जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा ललितपुर–१८ नख्खु बस्ने बर्ष ३० को मुकेश महर्जन, ललितपुर–१८ मिलन बस्ती बस्ने बर्ष ५२ को राजेश अधिकारी, ललितपुर–११ तापाहिटी बस्ने बर्ष ४५ को बिकास साही खड्गी, ईलाम जिल्ला, जितपुर घर भई हाल ललितपुर–२५ भैसेपाटी बस्ने बर्ष ४० सुर्य बहादुर दर्लामी मगर, काभ्रेपलाञ्चोक जिल्ला, महाभारत–२ घर भई हाल कीर्तिपुर–१ बस्ने बर्ष ४३ को कामी सिं भोलन, मकवानपुर जिल्ला, ईन्द्रसरोवर–२ घर भई हाल ललितपुर–२५ बस्ने बर्ष ४८ को बुद्ध शरण भोलन रहेका छन् ।
त्यस्तै मकवानपुर जिल्ला हेटौडा–१४ घर भई हाल ललितपुर–४ नख्खु बस्ने बर्ष ४९ को बिर बहादुर मोक्तान, मकवानपुर ईन्द्रसरोवर–२ घर भई हाल ललितपुर–१४ रानीबुँ बस्ने बर्ष ५० को डिल बहादुर वाईवा र जिल्ला मकवानपुर ईन्द्रसरोवर–२ घर भई हाल ललितपुर–१८ नख्खु स्थितमा रुम्बा खाजा होटल सञ्चालक बर्ष ४२ को ईमान सिं रुम्बा रहेका छन् ।

b7aad6a9-8068-4282-a0cd-f687f215c12e.jpg

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ हजार ७ सय २५ रूपैयाँ र २ बुक समेत बरामद गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जुवा खेल्न खेलाउन नहुने सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी नरेशराज सुवेदीले बताए । विशेष गोप्य सूचनाका आधारमा उनीहरुलाई प्रकाउ गरिएको प्रहरीको भनाई छ ।

images
प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - १९:१९:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology