Logo

बुधवार, श्रावण २७ गते २०८३

images

८ डीएसपी एसपीमा बढुवा सिफारिस

८ डीएसपी एसपीमा बढुवा सिफारिस

दैनिकी न्यूज

१५, चैत्र २०८०
८ डीएसपी एसपीमा बढुवा सिफारिस
images

काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईका अनुसार डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ।

images
प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - ०६:३५:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology