ललितपुर । ललितपुर जिल्लाको चन्दनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
महाङ्काल गाउँपालिका वडा नं. ५ चन्दनपुरस्थित सडकमा कालेश्वरबाट बतासेडाँडा चन्दनपुर गैरीगाउँतर्फ जाँदै गरेको बा ९४ प ६३४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५२ वर्षीय रमेश प्रसाद बजगाईको घटनास्थलमै मृत्यु भएको छ ।
मृतक बाघ भैरव माध्यमिक विद्यालय महाँकाल गाउँपालिका वडा नं. ४, कालेश्वरमा कार्यरत शिक्षक हुन् ।
यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।