Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सवारी ज्यान मुद्दाका फरार महांकालका सरोज घले पक्राउ

सवारी ज्यान मुद्दाका फरार महांकालका सरोज घले पक्राउ

दैनिकी न्यूज

२०, चैत्र २०८०
सवारी ज्यान मुद्दाका फरार महांकालका सरोज घले पक्राउ
images

ललितपुर । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुर महांकाल गाउँपालिका वडा नं. ३ गोटीखेल बस्ने २७ वर्षीय सरोज घलेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

२०७३ चैत ११ गते प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका-३ रुमाले भन्ने स्थानमा बा। ८ च १५६१ नम्बरको स्कार्पियो जिप दुर्घटना भई दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको सवारी ज्यान मुद्दामा फरार रहेका जिपका चालक घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाइएको छ ।

images
प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - १२:२०:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology