Logo

बुधवार, श्रावण २७ गते २०८३

images

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते

दैनिकी न्यूज

२२, चैत्र २०८०
राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते
images

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदको चुनाव यही चैत २८ गते बुधवार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको चुनावका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका छन् ।

उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपपछि त्यो पद खाली रहँदै आएको थियो । उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभा अध्यक्ष दाहालले सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिए ।

राष्ट्रिय सभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

images
प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - ०७:३१:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology