Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुरमा रहेको मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु

ललितपुरमा रहेको मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु

दैनिकी न्यूज

२४, चैत्र २०८०
ललितपुरमा रहेको मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु
images

विजय खड्का/ललितपुर । ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । घटना बिहान ६ बजेतिर भएको थियो ।

आगलागीको कारण नखुले पनि विद्युत चुहिएको आशङ्का गरिएको सुवेदीले बताए । उनका अनुसार सोफा बनाउने ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको बताउँदै प्र।उ।सुवेदीले प्रारम्भिकरुपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थहरू जलेर नष्ट भएका जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र २४, २०८० शनिवार - १४:५२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology