Logo

सोमवार, श्रावण २५ गते २०८३

images

डिस्ट्रिक्ट गभर्नर पदमा लायन रामशरण बस्नेत निर्वाचित

डिस्ट्रिक्ट गभर्नर पदमा लायन रामशरण बस्नेत निर्वाचित

दैनिकी न्यूज

२९, चैत्र २०८०
डिस्ट्रिक्ट गभर्नर पदमा लायन रामशरण बस्नेत निर्वाचित
images

काठमाडौं । विश्वको सबैभन्दा ठूलो स्वमसेवी संस्था लायन्स अन्तर्राष्ट्रीय डिस्ट्रिक्ट ३२५ ई को चैत्र २४ गते अनुपम फूडल्याण्ड, बत्तीसपुतलीमा सम्पन्न दोस्रो बार्षिक अधिवेशबाट लायन बर्ष २०२४–२०२५ को लागि डिस्ट्रिक्ट गभर्नर पदमा लायन रामसरन बस्नेत निर्वाचित भएका छन् ।

435873843_1166322324804848_6131924283451254299_n.jpg

त्यस्तै प्रथम भाईस गभर्नर पदमा लायन हिरा प्रसाद गुप्ता र दोस्रो भाईस गभर्नर पदमा लायन श्याम कुमार यादव निर्वाचित भएका छन्् ।

आवश्यकता परेको ठॉउमा सबैभन्दा पहिला पुग्ने लायन सदस्यहरु नेपालमा १५ वटा जिल्लामा ४५ हजारभन्दा बढी सदस्यहरु क्रियासिल छन । एक बर्षको कार्यकाल रहेको यस संस्था संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त हो ।

लायन्स अन्तर्राष्ट्रीयका पूर्व अन्तर्राष्ट्रीय निर्देशक लायन ई. संजय खेतानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भव्य एवं सभ्य कार्यक्रममा सेवा र सदस्यताको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका लायन साथीहरु लाई सम्मान पनि गरिएको थियो ।

436748629_827700555862212_55257586563782775_n.jpg

तिलगंगाको प्रांगणबाट झॉकीसहित शुरू भएको प्रभातफेरीमा बगीमा डिस्ट्रिक्ट गभर्नर लायन हरि प्रसाद दाहाललाई नगर परिक्रमा गरिएको थियो ।

डिस्ट्रिक्ट भरिमा ११२ क्लब बाट क़रीब ५०० जना प्रतिनिधि सहभागि भएर दोस्रो जिल्ला अधिवेशन सहभागि भयो ।

images
प्रकाशित मिति :चैत्र २९, २०८० बिहिवार - ०७:३०:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology