Logo

बुधवार, श्रावण २७ गते २०८३

images

इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार

इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार

दैनिकी न्यूज

९, बैशाख २०८१
इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ५ स्थित सडक छेउको करिब ३० फिट गहिरो सार्वजनिक इनारभित्र खसेका सिन्धुली हरिहरपुरगढी नगरपालिका वडा नं. ५ का ४१ वर्षीय पुरूषको प्रहरीले सकुशल उद्दार गरेको छ ।

उक्त इनारभित्र गएराति मानिस खसेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय लगनखेल र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई सकुशल उद्दार गरी उपचारको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख ९, २०८१ आइतवार - २०:०४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology