ललितपुर । अबैध रूपमा जुवा खेल्ने खेलाउने १३ जुवाडे पक्राउ परेका छन् । बुधबार राती ११ बजेको समयमा ललितपुर महानगरपालिका वडा नं ८ ग्वार्कोमा अवस्थित नन स्टप डान्सबार रहेको भवनमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद ४ लाख ३७ हजार ९६० रुपैयाँ र १९ थान कौडा सहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध महाशाखाको संयुक्त टोलीले डान्सबारको पाचौं तलाको कोठामा वाहिरबाट च्यानल गेटमा ताल्चा लगाई जुवा खेल भैरहेको पाइएको हुदाँ च्यानल गेटमा लगाएको ताल्चा फुटाई घरभित्र प्रवेश गरी जुवा खेलिरहेका १३ जनालाई यिन्त्रणामा लिइएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला घर भई हाल ललितपुर महालक्ष्मी–३ इमाडोल बस्ने वर्ष ३५ को डान्सबार संचालक विशु तामाङ, मकवानपुर जिल्ला घर भई हाल ललितपुर–३ बागडोल बस्ने वर्ष ५० को सोमनाथ गोले, ललितपुर–८ च्यासल वस्ने वर्ष ४० को पुष्प खड्की, दोलखा जिल्ला घर भई हाल ललितपुर महानगरपालिका २५ भैंसेपाटी बस्ने वर्ष ३१ को कल्याण तामाङ, ललितपुर जिल्ला महालक्ष्मी–६ शिद्धिपुर बस्ने वर्ष ४१ को सुरेन्द्र महर्जन, सिन्धुपाल्चोक जिल्ला घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने वर्ष ३५ को विशाल तामाङ, काभ्रेपलाञ्चोक जिल्ला घर भई हाल ललितपुर जिल्ला महानगरपालिका १४ महालक्ष्मीस्थान बस्ने वर्ष ५१ को कृष्ण लामा रहेका छन् ।
त्यस्तै भोजपुर जिल्ला घर भई हाल जिल्ला काठमाडौ–३२ जडिबुटी बस्ने वर्ष ५३ को सन्तोष श्रेष्ठ, ललितपुर–६ ओकुबहाल बस्ने वर्ष ६४ को दिलन शाक्य, भक्तपुर जिल्ला चागुनारायण नगरपालिका ६ बस्ने वर्ष ५६ को दिलन शिद्धार्थ लामा, उदयपुर जिल्ला घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका ४ सल्लाघारी बस्ने वर्ष ५६ को सुरेन श्रेष्ठ, मकवानपुर जिल्ला घर भई ललितपुर महानगरपालिका ३ बागडोल बस्ने वर्ष ३८ की तुलसा कार्की र चितवन जिल्ला घर भई ललितपुर जिल्ला महानगरपालिका ४ बागडोल बस्ने वर्ष ३६ की शान्ति तामाङ रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सातको अनुमति लिई न्यायिक हिरासतमा राखि थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता सुवेदीको भनाई छ ।