Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

महाँकाल गाउँपालिकाको कृषि विकास, धार्मिक पर्यटन प्रवर्द्धनका लागि नीति तथा कार्यक्रममा समेटिनेछ – प्रधानमन्त्री प्रचण्ड

महाँकाल गाउँपालिकाको कृषि विकास, धार्मिक पर्यटन प्रवर्द्धनका लागि नीति तथा कार्यक्रममा समेटिनेछ – प्रधानमन्त्री प्रचण्ड

दैनिकी न्यूज

२२, बैशाख २०८१
महाँकाल गाउँपालिकाको कृषि विकास, धार्मिक पर्यटन प्रवर्द्धनका लागि नीति तथा कार्यक्रममा समेटिनेछ – प्रधानमन्त्री प्रचण्ड
images

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाँकाल गाउँपालिकाको कृषि विकास, धार्मिक पर्यटन प्रवर्द्धनका लागि नीति तथा कार्यक्रममा समेटिने बताएका छन् । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाँकाल गाउँपालिकामा आज शनिबारबाट सुरु भएको प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रको विकास र दुग्ध उत्पादन र बिक्री वितरणका लागि सहज बनाउने बताए ।

fdf08534-10b7-4231-8f2a-26caf05e1861.jpeg
'उपत्यकाभित्र रहेको ललितपुरको यस क्षेत्र विकासका दृष्टिकोणले दुर्गम बनाइएको महसुस गरेँ । एक घण्टामा काठमाडौं पुग्ने गरि सडकको विस्तार आवश्यक छ। यहाँको निम्ति सडक सञ्जालको स्तरोन्नतिका लागि यो पटकको बजेट नीति तथा कार्यक्रममा सम्बोधन गर्ने व्यवस्था हुनेछ।' प्रधानमन्त्रीले भने ।

ded8ef78-5bca-4d78-9fe4-2dda91d23f4e.jpeg
उनले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न प्रदेशलाई आग्रह गर्ने र संघले पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गर्ने बताए । उनले आफ्नो प्रधानमन्त्रीको दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेर स्थापित स्मरण गर्दै खेल क्षेत्रलाई ब्यापकता दिन खेलाडीहरुले अनुशासित रुपमा खेल प्रदर्शन गरि सभ्य र भब्य बनाउन आग्रह गरे ।

f48d146b-2366-4bdf-896d-38e48516cbee.jpeg
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको गाउँपालिकामा बैतर्णीधाम, कालेश्वर महादेव मन्दिर, लोङ्तोङ गुम्बा, सिम्बा झरना, चनढुंगा लगायत क्षेत्रहरु रहेको र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन आवश्यक बजेटका लागि संघीय तहबाट व्यवस्थापन गरिदिन आग्रह गरे ।
प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगिता नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनको लागि गरेको योगदानको स्मरण गर्दै समाज र राष्ट्रका लागि उनले अतुलनीय योगदान पुर्‍याउनुभएको बताइन् । विकासको दृष्टिकोणले पछाडि परेको यस क्षेत्रको कृषि, पर्यटन तथा धार्मिक क्षेत्रको विकासमा यस किसिमको खेलकुद प्रतियोगिताले स्थानीय विकासको लागि अवसरको ढोका खोल्न मद्दत पुग्ने बताइन् । उनले महाँकाल गाउँपालिकालाई पर्यटन पालिकाका रुपमा परिचित गराउने लक्ष्य रहेको र सोेही अनुसार बजेट व्यवस्थापन गर्न सहयोग पुर्‍याउन आग्रह गरिन् ।

ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा भइरहेको प्रतियोगिताको सुभारम्भको पहिलो खेलमा महाँकाल गाउँपालिका ए समूह र हेटौंडा उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भैरहेको छ ।

c6580ccf-dece-4d6f-8397-6918cdf1d5f6.jpeg
प्रतियोगितामा प्रदेशभरका ११९ पालिकामध्ये १७ वटा समूहको सहभागिता रहेको संयोजक गोलेले जानकारी गराए । कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेतालाई ३ लाख, उपविजेतालाई २ तथा तृतीय हुने २ टिमलाई १र१ लाख रुपैयाँ प्रदान गरिनेछ । साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी ५ जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।
राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको यस प्रतियोगिताको सह आयोजक ललितपुर जिल्ला खेलकुद विकास समिति रहेको छ । प्रतियोगितामा नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०८१ शनिवार - २०:२३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology