Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरमा आगोले जलेर पाँच जना घाइते

ललितपुरमा आगोले जलेर पाँच जना घाइते

दैनिकी न्यूज

२३, बैशाख २०८१
ललितपुरमा आगोले जलेर पाँच जना घाइते
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १७ ईमाडोल बाफलस्थित जस्ताको टहरोमा आइतबार आगलागी हुँदा पाँच जना आगोले जलेर घाइते भएका छन् ।

घाइते हुनेमा रौतहट राजदेवी नगरपालिका घर भई ललितपुर ईमाडोल बाफल बस्ने ३५ वर्षीय संजय गिरी समेत ५ जना रहेका छन् ।

उनीहरूलाई उपचारको लागि किष्ट अस्पताल लगिएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

मबिल जम्मा गर्ने ठाउँमा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर जावलाखेल, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीयबासी, ५ वटा दमकल र ३ वटा पानी ट्यांकरको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १९:५७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology