Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

ललितपुरमा आगोले जलेर पाँच जना घाइते

ललितपुरमा आगोले जलेर पाँच जना घाइते

दैनिकी न्यूज

२३, बैशाख २०८१
ललितपुरमा आगोले जलेर पाँच जना घाइते
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १७ ईमाडोल बाफलस्थित जस्ताको टहरोमा आइतबार आगलागी हुँदा पाँच जना आगोले जलेर घाइते भएका छन् ।

घाइते हुनेमा रौतहट राजदेवी नगरपालिका घर भई ललितपुर ईमाडोल बाफल बस्ने ३५ वर्षीय संजय गिरी समेत ५ जना रहेका छन् ।

उनीहरूलाई उपचारको लागि किष्ट अस्पताल लगिएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

मबिल जम्मा गर्ने ठाउँमा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर जावलाखेल, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीयबासी, ५ वटा दमकल र ३ वटा पानी ट्यांकरको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १९:५७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology