Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

दैनिकी न्यूज

२७, बैशाख २०८१
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
images

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्नेछ।

शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसदमा विरोध जनाएको थियो। यसैकारण सरकारले वैशाख ३ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो।

images
प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - ०६:५३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology