काठमाडौं । स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित काठमाडौंमा २ जना पक्राउ परेका छन्।
काठमाडौंको दरबारमार्ग क्षेत्रबाट उनीहरूलाई स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिबारे अन्य विवरण प्रहरीले खुलाएको छैन।
घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।