Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो पेट्रोलको भाउ

घट्यो पेट्रोलको भाउ

दैनिकी न्यूज

२, जेठ २०८१
घट्यो पेट्रोलको भाउ
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ समायोजन गरेको छ ।
निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको भाउ प्रतिलिटरमा ७ रुपैयाँ र डिजेल र मट्टितेलको भाउ प्रतिलिटरमा ५ रुपैयाँले घटाएको हो ।

निगमले बुधबार जारी गरेको एक विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार इन्धनको भाउमा समायोजन गरिएको र समायोजित मूल्यसूची बुधबार (आजै) राति १२ बजेदेखि लागू हुनेछ ।

मूल्य समायोजनपछि अब पेट्रोलको अधिकतम भाउ प्रतिलिटर १७८ बाट घटेर १७१ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रका ग्राहकले पेट्रोललाई प्रतिलिटर १७१ तिर्नुपर्नेछ ।

यस्तै, यही क्षेत्रका ग्राहकले डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १५९ रुपैयाँ तिर्दै आएकोमा घटेर १५४ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :जेठ २, २०८१ बुधवार - २०:४२:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology