Logo

बुधवार, श्रावण २७ गते २०८३

images

१ किलो १०१ ग्राम कोकिनसहित एक जना पक्राउ

१ किलो १०१ ग्राम कोकिनसहित एक जना पक्राउ

दैनिकी न्यूज

१४, जेठ २०८१
१ किलो १०१ ग्राम कोकिनसहित एक जना पक्राउ
images

काठमाडौं । अवैध लागूऔषध कोकिन १ किलो १ सय १ ग्रामसहित कंगोलिज नागरिक ४९ वर्षीया APULA EKUTSHU MBONGO लाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध
नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटलबाट पक्राउ गरेको हो । 

दुवईबाट जेठ ४ गते काठमाडौं आएकी उनको ब्याग भित्र लुकाई छिपाई प्लाष्‍टिकले र्‍यापिङ गरी राखिएका ८५ वटा क्याप्सुलमा उक्त कोकिन फेला परेको थियो । उनले ती क्यापसुल पेटभित्र निलेर लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - ०७:५२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology