Logo

बुधवार, श्रावण २७ गते २०८३

images

घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

दैनिकी न्यूज

२१, जेठ २०८१
घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
images

ललितपुर । ललितपुरस्थित पाटन संग्रहालय मंगलबजारमा घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना एवम् जिल्ला प्रहरी परिसर ललितपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सचेतनामूलक कार्यक्रम ज्यादै प्रभावकारी, महत्वपूर्ण, फलदायी र प्रेरणादायी रहेको उल्लेख गर्दै अन्य ठाउँमा पनि कार्यक्रम गर्नुपर्ने आवश्‍यकता औंल्याए । । ललितपुर महानगरपालिकाले पनि महिला हिंसा तथा साइबर अपराध नियन्त्रण गर्ने नीति लिएको चर्चा गर्दै प्रहरीसँग सहकार्य गरी काम गर्ने उनले बताए ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले समाजका विकृती विसंगती अन्त्य गर्न सचेतना फैलाउने उद्देश्यले संचालन गरिएको कार्यक्रम निकै फलदायी भएको बताए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ‘प्रविधि र ईन्टरनेटको माध्यमबाट हुने विद्युतीय अपराध हुन नदिन सचेत हुनुपर्ने बताइन् ।

कार्यक्रमबाट सकारात्मक प्रभाव पर्नुको साथै विभिन्न किसिमका हिंसा न्यूनिकरण गर्न टेवा पुग्ने विश्‍वास उनले व्यक्त गरिन् ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले हिंसा तथा साइवर अपराध नियन्त्रणको लागि सामाजिक सञ्जालको सहि सदुपयोग गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा अधिवक्ता राधिका खतिवडाले महिलामाथि हुने विभिन्न हिंसा तथा साइवर अपराध सम्बन्धमा भएका कानूनी व्यवस्थाहरू सम्बन्धमा प्रकाश पारिन् ।

कार्यक्रममा घरलु हिंसा न्यूनिकरणसम्बन्धी ‘समान युग’ र विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी ‘तराजु’ नामक नाटक प्रदर्शनीको साथै सामूहिक सहचारी र समुदाय प्रहरी साझेदारी सम्बन्धी सामूहिक नृत्य प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक÷शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।  

images
प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - ०८:५३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology