Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

विदेशबाट फ़र्किएका नेपालीको अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सांसद गिरीको माग

विदेशबाट फ़र्किएका नेपालीको अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सांसद गिरीको माग

दैनिकी न्यूज

२२, जेठ २०८१
विदेशबाट फ़र्किएका नेपालीको अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सांसद गिरीको माग
images

काठमाडौँ - नेपाली कांग्रेसका सांसद तथा पूर्व मंत्री दीपक गिरीले विदेशबाट काम गरेर फ़र्किएका नेपालीहरुलाई तीन महिना भित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न माग गरेका छन्।
 
सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले नेपालमा मृगौलाका कूल बिरामी मध्ये झन्डै तीस  प्रतिशत खाडी मुलुकमा काम गरेर फर्केका  नेपालीहरु रहेको तथ्यांकहरुले देखेको जनाए ।
 
"त्यसैले म विदेशबाट फ़र्किएयका नेपालीहरुलै तीन महिनाभित्र नजिकको सरकारी अस्पतालमा गएर अनिवार्य स्वास्थ्य परीक्षण गर्न र यदि कुनै उपचार गर्नु पर्ने भए उपचारको सम्पूर्ण खर्च  वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषबाट व्यहोर्ने व्यवस्था मिलाउन नेपाल सरकारसंग  जोडदार माग गर्दछु," उनले भने।
 
सांसद गिरीले  रेमिटान्स (विप्रेषण) ले नेपाली अर्थतन्त्र धानी रहेको भएता पनि  यसको लागि नेपालीहरुले ठूलो मूल्य पनि तिर्नु परिरहेको बताए।
 
सांसद गिरीले नेपालको अर्थतन्त्र धानी रहेका वैदेशिक रोजगारमा गएका नेपालीहरुको स्वास्थ्यको हेरविचार गर्ने जिम्मा पनि राज्यको भएको बताए।

वैदेशिक रोजगार बोर्डका अनुसार गत  २०७७/७८ को तुलनामा २०७८/७९ मा मृत्यु हुने नेपालीको संख्या पाँच प्रतिशत वृद्धि भएको छ भने २०७९/८० मा एक प्रतिशत घटेको छ।

त्यस्तै,अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ।

मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

images
प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - ०७:३४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology