Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ

दैनिकी न्यूज

२५, जेठ २०८१
स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ
images

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् ।

साँगाबाट जगातीतर्फ आउँदै गरेको बा।२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्‍व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - ०७:२५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology