Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

नक्कली नोटसहित कलंकीबाट एक जना पक्राउ

नक्कली नोटसहित कलंकीबाट एक जना पक्राउ

दैनिकी न्यूज

२८, जेठ २०८१
नक्कली नोटसहित कलंकीबाट एक जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - ०७:००:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology