Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नक्कली नोटसहित कलंकीबाट एक जना पक्राउ

नक्कली नोटसहित कलंकीबाट एक जना पक्राउ

दैनिकी न्यूज

२८, जेठ २०८१
नक्कली नोटसहित कलंकीबाट एक जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - ०७:००:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology