Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशका यी स्थानमा वर्षाको सम्भावना

आज देशका यी स्थानमा वर्षाको सम्भावना

दैनिकी न्यूज

६, आषाढ २०८१
आज देशका यी स्थानमा वर्षाको सम्भावना
images

काठमाडौं । हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भागमा प्रभावसँगै बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, मधेश, बागमतीमा पूर्ण बदली तथा गण्डकी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही तथ सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यता, काठमाडौं उपत्यकामा भने गए रातिदेखि नै पानी परिरहेको छ। महाशाखाका अनुसार पूर्वी नेपालका सिराहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेश प्रदेशको थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाले भारी वर्षका कारण उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्नसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

images
प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - ०७:५५:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology