Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मनसुन विपद व्यवस्थापनका लागि बागमती गाउँपालिकाले थाल्यो पूर्वतयारी

मनसुन विपद व्यवस्थापनका लागि बागमती गाउँपालिकाले थाल्यो पूर्वतयारी

दैनिकी न्यूज

८, आषाढ २०८१
मनसुन विपद व्यवस्थापनका लागि बागमती गाउँपालिकाले थाल्यो पूर्वतयारी
images

लक्ष्मण न्यौपाने/ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले मनसुन विपद व्यवस्थापनका लागि पूर्वतयारी सुरु गरेको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष भक्तबहादुर दर्लामी मगरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मनसुनजन्य विपदको अति जोखिममा रहेको बागमती गाउँपालिकाले ७ वटै वडामा विपद व्यवस्थापनका लागि हरेक विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको हो।
'समन्वय कसरी गरेर जोखिम न्युनिकरण गर्न सकिन्छ भन्ने नै हो, मानवीय क्षति हुन नदिन र भौतिक क्षति रोक्न पहल गर्ने छौं, यसकालागि रेडक्रस, अन्य संघसंस्थासंग समन्वय र सहकार्यलाई प्राथमिकता दिएर लाग्ने छौं ।' उनले भने ।

बैठकले वडास्तरीय विपद व्यवस्थापन उपसमिति गठन गर्ने र हरेक वडाका जोखिम क्षेत्र पहिचान गर्ने र सतर्कताका लागि स्थानीयहरुलाई सहजीकरण गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले जानकारी गराउनुभयो । उहाँले स्थानीय विपद व्यवस्थापन ऐन अनुसार नीतिगत व्यवस्थामा आधारित रहेर व्यवहारिक रुपमा समन्वय र सहकार्यका लागि बजेट व्यवस्थापन गरि काम गर्ने विपद व्यवस्थापनका कामहरु गर्ने बताए । उनले विपदमा प्रहरीलाई परिचाल हुन समन्वय र सहकार्यका लागि राहत तथा उद्धार सामग्रीको व्यवस्थापन गरिने समेत जानकारी गराए ।

भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले विपदका समयमा आवश्यकता र अवस्थाका आधारमा प्रहरी परिचालनलाई प्रभावकारी बनाउँदै जोखिम न्युनिकरणमा स्थानीय नागरिक र पालिकासँग समन्वय, सहकार्यमा निरन्तर लागि पर्ने बताए ।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले बर्षातको समय सुरु भैसकेकोले सडकका लागि नयाँ ट्याक खन्ने काम बन्द गरिनुपर्ने, मनसुनको समयमा नदिजन्य उत्खननलाई बन्द गरिनुपर्नेमा पालिकाको ध्यानाकर्षण गराएका थिए ।

images
प्रकाशित मिति :आषाढ ८, २०८१ शनिवार - ०७:४९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology