चरिकोट । दोलखाको दक्षिणी भेगमा अवस्थित तामाकोसी गाउँपालिका वडा नं. ५ मा अवस्थित रिठ्ठाबोटको विकासका लागि नेपाली कांग्रेसको अग्रसरता देखिँदा केन्द्र, प्रदेश र वडामा नेतृत्व गरिरहेको माओवादी भने निरह सावित भएको छ । एमालेको पनि हालत त्यस्तै छ ।
नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले प्रदेश सांसद कुन्दनराज काफ्लेमार्फत प्रदेश सरकारबाट खाल्टेखोला–आहालडाँडा–सहरेटार सिंचाईका लागि १० लाख र रिठ्ठाबोट–कल्लेरी सडकका लागि १५ लाख बजेट विनियोजन गर्न सफल भएका छन् ।
यता माओवादी नेता विशाल खड्काले चासोमा राखेको किर्नेटार–रिठ्ठाबोट–भोटेछाप सडकमा कुनै बजेट परेको देखिन्न ।
यस्तै, विसमुरे–तल्लोटार–सहरेटार–रिठ्ठाबोटको पैदलमार्गको स्तरोन्नतिका लागि पनि कुनै निकायबाट बजेट छैन् । प्रदेश सरकारमार्फत अन्य पार्टीहरुले किर्नेटार, खिम्तीडाँडा र गोबरर्धनटारमा बजेट खन्याए पनि रिठ्ठाबोटलाई नजरअन्दाज गरेका छन् ।
नेपाली कांग्रेस सम्बद्ध रिठ्ठाबोटका स्थानीय नेताका अनुसार माओवादी र एमालेको सरकार भएपनि कांग्रेसबाट सिफारिस भएका योजनामा बजेट आएको तर अन्य पार्टी आफूले बजेट पारेको भनेर गलत प्रचार गरिरहेकाले त्यसको प्रमाणसहित प्रतिवाद गर्ने तथा आगामी दिनमा रिठ्ठाबोटको थप विकासका लागि पहल जारी राख्ने धारणा व्यक्त गरे ।