Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

दैनिकी न्यूज

१४, आषाढ २०८१
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
images

पर्सा । जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीबाट स्रोत नखुलेको ५ लाख ५० हजार रूपैयाँसहित भारत विहार वेतीया ग्राम इनर्वा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसादलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Health Office lalitpur.jpg

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले म–प्र. ०३–०२६ प ५५९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई १ हजार दरको ५ सय थान र ५ सय दरको १ सय थान समेत गरी उक्त रकमसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ १४, २०८१ शुक्रवार - ०७:२१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology