Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

दैनिकी न्यूज

१४, आषाढ २०८१
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
images

पर्सा । जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीबाट स्रोत नखुलेको ५ लाख ५० हजार रूपैयाँसहित भारत विहार वेतीया ग्राम इनर्वा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसादलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Health Office lalitpur.jpg

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले म–प्र. ०३–०२६ प ५५९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई १ हजार दरको ५ सय थान र ५ सय दरको १ सय थान समेत गरी उक्त रकमसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ १४, २०८१ शुक्रवार - ०७:२१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology