Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पहिचानमा आधारित इतिहासलाई अझ उजागर गर्ने माध्यम संगीतमा छ – उपप्रधानमन्त्री श्रेष्ठ

पहिचानमा आधारित इतिहासलाई अझ उजागर गर्ने माध्यम संगीतमा छ – उपप्रधानमन्त्री श्रेष्ठ

दैनिकी न्यूज

१५, आषाढ २०८१
पहिचानमा आधारित इतिहासलाई अझ उजागर गर्ने माध्यम संगीतमा छ – उपप्रधानमन्त्री श्रेष्ठ
images

ललितपुर । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानमा आधारित इतिहासलाई अझ उजागर गर्ने माध्यम संगीतमा छ भन्ने धारणा राखेका छन् । जेठ पूर्णिमाको दिनलाई राष्ट्रिय संगीत दिवस घोषणा गर्ने प्रस्ताव सम्बन्धी ललितपुर महानगरपालिका र ललितपुर संस्कृति सम्बर्द्धन केन्द्रले आयोजना गरेको परामर्श बैठकमा मन्तव्य राख्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले संगीतमा इतिहास र चेतना छ भन्दै संगीत नेपालको ऐतिहासिक धरोहर भएको बताए ।

Health Office lalitpur.jpg
‘नेपाललाई चिनाउन पनि संगीत दिवस घोषणा गर्ने कार्य महत्त्वपूर्ण छ,नेपालको पहिचान संगीतको देशका रुपमा उजागर हुुँदै गएको छ, अत्यन्तै सुन्दर ओैलामा गन्न सकिने देशमा हाम्रो देश पर्छ, संगीतको माध्यमबाट पर्यटनको ठूलो सम्भावना छ ।ू उपप्रधानमन्त्री श्रेष्ठले भने ।
उनले संगीतको पक्षको बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै केही दिनभित्रै यो प्रस्तावलाई प्रधानमन्त्री समक्ष पुर्‍याउने प्रतिवद्धता जनाए । उनले राष्ट्रिय संगीत दिवस घोषणा गर्ने कार्य ललितपुरको मात्रै सरोकारको विषय हैन भन्दै साझा सरोकारको यो बिषयका लागि प्राथमिकतामा राखेर काम गर्न निरन्तर छलफल र सम्पर्कमा रहनेछु भन्ने विश्वास दिलाए ।

ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले राष्ट्रिय संगीत दिवस घोषणा गर्ने यो प्रस्ताव विन्दु भएको भन्दै आगामी बर्षको जेठ पूर्णिमामा घोषणा हुन्छ भन्ने विश्वास व्यक्त गरे । उनले मुर्त तथा अमुर्त सम्पदा संरक्षणमा महानगरमा धेरै काम गरेका छौं भन्दै रातो मच्छिन्द्रनाथको जात्रालाई विश्व सम्पदाका रुपमा दर्ज गर्ने बताए । ‘अहिलेसम्म युनेस्कोमा नेपालको कुनै पनि अमुर्त संस्कृति दर्ज भएको छैन, हामी यहाँको रातो मच्छिन्द्रनाथको जात्रालाई दर्ज गराउने छौं, यसका लागि निरन्तर लागिरहेका छौं ।ू उनले भने ।
८९ वर्ष पुग्नै लाग्नुभएका पूर्वमन्त्री तथा पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यले म पनि संगीतमा लागेको हुँ भन्नुहुँदै गीतसंगीतले पनि राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको छ भने । ूगीतसंगीतले पनि राजनीतिक परिवर्तन ल्याएको छ, म पनि २००४ सालदेखि गीत,संगीतमा लागें, ज्ञानमाला भजनमा मेरो लगाव हो, मानवीय तथा सम्पूर्ण प्राणीहरुको जीवनमा यसको ठूलो महत्त्व छ।
सरकारीस्तरबाट पनि संगीतको प्रवर्द्धनका लागि राष्ट्रिय दिवस घोषणा गरेर काम गर्ने व्यवस्था मिलाउनुपर्छ।ू उनले भने ।
संस्कृतिविद हरिराम जोशीले सम्पूर्ण मानव जीवनको सभ्यताको प्रारुप भएदेखि नै संगीतको महत्त्व स्थापित भएको बताए । उनले सामवेद संगीतको वेद हो भन्दै संगीत विना कुनै व्यक्ति पनि बाँच्न सक्दैन भन्ने धारणा राखे । भगवान बुद्धले ज्ञान प्राप्त गर्ने आधार विनाबाट निस्कने संगीतलाई बनाएको प्रसंगलाई प्रस्तुत गर्दै उनले संगीतलाई वढवा दिनको लागि विगतमा नेपालका शासकहरुले पनि लिच्छविकालमा गुठी स्थापना गरेका थिए भन्ने जानकारी गराए ।

संस्कृति सम्बर्द्धन केन्द्रका अध्यक्ष वदनलाल न्याछ्योंले नेपाली संगीतको विकासक्रमलाई उजागर गर्दै जेठ पूर्णिमाका दिनलाई राष्ट्रिय संगीत दिवस घोषणा गरेर संगीतको माध्यमबाट देशको बहुआयामिक पक्षलाई उजागर गर्नसकेको खण्डमा महत्त्वपूर्ण काम हुने विश्वास व्यक्त गरे ।

images
प्रकाशित मिति :आषाढ १५, २०८१ शनिवार - ०७:३९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology