Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ठगी गरेको अभियोगमा लाली गुँरास सहकारी संस्थाका अध्यक्ष समेत ४ जना पक्राउ

ठगी गरेको अभियोगमा लाली गुँरास सहकारी संस्थाका अध्यक्ष समेत ४ जना पक्राउ

दैनिकी न्यूज

१६, आषाढ २०८१
ठगी गरेको अभियोगमा लाली गुँरास सहकारी संस्थाका अध्यक्ष समेत ४ जना पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोकस्थित लाली गुँरास सहकारी संस्थामा रहेको बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको अभियोगमा संस्थाका अध्यक्ष समेत ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

Health Office Advertise sthan pan 0.jpg

पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका वडा नं. १३ घर भई सोही महानरपालिका वडा नं. ४ चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठ, संस्थाका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचोक गाउँपालिका वडा नं. २ घर भई ललितपुर भैंसेपाटी बस्ने ४६ वर्षीय सुरेन्द्र भण्डारी, संस्थाका कोषाध्यक्ष काठमाडौं महानगरपालिका वडा नं. २ लाजिम्पाट बस्ने ७५ वर्षीय अमृत कुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगरपालिका वडा नं. ११ घर भई काठमाडौं महानगरपालिका वडा नं. ६ चावहिल बस्ने ६१ वर्षीया कदमबाबा जोशी प्रधान रहेका छन् ।

उनीहरूले आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न मिल्ने भनि विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुग्ने गरी बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त सहकारीमा २२ हजार बचतकर्तारूको करिब ६ अर्ब ३० करोड निक्षेप रहेको खुल्न आएको छ ।

प्रहरी परिसर ललितपुरमा २०८० चैत १ गते ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभनवबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - १९:५१:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology