Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अवैध सुन, भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न प्रतिवादीहरू पक्राउ

अवैध सुन, भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न प्रतिवादीहरू पक्राउ

दैनिकी न्यूज

१८, आषाढ २०८१
अवैध सुन, भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न प्रतिवादीहरू पक्राउ
images

काठमाडौं । अवैध ६० किलो ७ सय १६ ग्राम सुन २०८० साउन २ गते बरामद भएपश्चात राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको प्रतिवेदनले अवैध सुन, भन्सार चोरी पैठारी
तथा संगठित अपराधतर्फ अनुसन्धान शुरू गरिएको र सो क्रममा विभिन्न दशीहरूसहित प्रतिवादीहरू पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

Health Office Advertise sthan pan 0.jpg
अवैध सुन, भन्सार चोरी पैठारी, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी), हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन,
सरकारी कागज (नागरिकता) कीर्ते थप अनुसन्धान सम्बन्धमा सोमबार सोही ब्यूरोमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

ब्रेक सु मा लुकाई छिपाई ल्याएको ३ सय ६२ किलो ७ सय ७८ ग्राम अवैध सुनको अनुसन्धान गर्ने क्रममा २०८० भदौ ३१ गते २९ जना उपर अभियोग पत्र दायर भएकोमा तत्काल पक्राउ परेका २५ जनामध्ये २४ जना अभियुक्तहरू पुर्पक्षको लागि थुनामा गएका थिए ।

नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्‍वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभाग कीर्तिपुर समेतका विज्ञ टोलीको प्रतिवेदन अनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका ७ डमी कम्पनीहरूमध्ये ५ वटा कम्पनीहरूबाट विभिन्न इलेक्ट्रोनिक माल वस्तु तथा ब्रेक सु मा गरी ३ हजार १९४ केजी ६६८ ग्राम अवैध सुन चोरी पैठारी गरेको देखिएको छ । अवैध सुन कारोबारको रकम भुक्तानीमा पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको संलग्नता देखिएको छ भने २ जना चिनियाँ नागरिकहरूले USDT/ क्रिप्टो मार्फत समेत अवैध सुनको भुक्तानी गर्ने गरेको पाइएको छ ।

थप अनुसन्धानकै क्रममा पक्राउ परेका २० जना प्रतिवादीहरू उपर अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरिएको र २६ जना प्रतिवादीहरू हाल फरार रहेको उक्त ब्यूरोले जनाएको छ ।

Health office Nepali khan pan.jpg

images
प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - ०६:४८:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology