Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नयाँ सरकार बनाउन कांग्रेस–एमालेबीच सहमति

नयाँ सरकार बनाउन कांग्रेस–एमालेबीच सहमति

दैनिकी न्यूज

१८, आषाढ २०८१
नयाँ सरकार बनाउन कांग्रेस–एमालेबीच सहमति
images

काठमाडौं । संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) नयाँ सरकार गठनका लागि सहमत भएका छन्। दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि सोमबार मध्यराति सत्ता सहकार्यका लागि शीर्ष तहमा सहमति जुटेको हो।

Health Office Advertise sthan pan 0.jpg

सहमति अनुसार सुरुमा एमालेको नेतृत्वमा सरकार गठन हुने भएको छ। जस अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री बन्ने छन्। त्यसपछि बाँकी अवधि चुनावसम्म सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमतिमा उल्लेख छ।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति पनि भएको छ। दुई दलबीच सातवटै प्रदेश सरकारमा पनि भागबण्डा भएको छ।

जसअनुसार तीन प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ तीनमा एमालेले सरकार बनाउने भएको छ। मधेस सरकारको नेतृत्व मधेस केन्द्रित दलबाट हुने समझदारी जुटेको छ।

उनीहरु संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार, प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने, स्थानीय तहको संख्या घटाउने विषयमा पनि सहमत भएका छन्।

त्यसका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोन सुझाव समिति गठन गर्ने पनि समझदारी बनेको छ ।

Health office Nepali khan pan.jpg

images
प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - ०७:०२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology