Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नुनको भाउ बढ्यो

नुनको भाउ बढ्यो

दैनिकी न्यूज

१९, आषाढ २०८१
नुनको भाउ बढ्यो
images

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको भाउ बढाएको छ। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगलबार राति १२ बजेदेखि लागू हुने गरी भाउ समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

समायोजित मूल्यअनुसार आयोनुन एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ। न्यू शक्ति नुन एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ। यस्तै भानू नुन एक किलोको मूल्य रु नौ तोकिएको छ। रासस

images
प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - ०८:२२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology