Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

२०, आषाढ २०८१
देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

२०८१ असार २० गते (बिहीबार)

दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८१ असार २१ गते (शुक्रबार)

दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका केही स्थानहरूका मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी,  मधेश, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार २१ गते (शनिबार)

दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशै भरका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशैभर केही स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै  कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - ०७:५६:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology