Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरियन भाषा परीक्षा असोजमा

कोरियन भाषा परीक्षा असोजमा

दैनिकी न्यूज

२६, आषाढ २०८१
कोरियन भाषा परीक्षा असोजमा
images

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया जानेहरूको भाषा परीक्षा असोजमा हुने भएको छ । ईपीएस कोरिया शाखाले जारी गरेको सूचनाअनुसार परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ ।

परीक्षा दिनेले साउन ७ गतेदेखि ११ गतेसम्म फाराम भर्नुपर्ने छ । परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुनेछ ।

शाखाले आवेदनको सूचना सार्वजनिक गरी विभिन्न योग्यता निर्धारणसमेत गरेको छ । जसमा १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेलगायत प्रावधान राखिएका छन् ।

images
प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - ०८:०३:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology