काठमाडौं । कोरियाको बुसाङ र भुटानमा खेल्ने कराते खेलाडीको सोतोकान कराते डो संघ एसकेडीले विदाई गरेका छ ।
सोतोकान कराते डो संघ एसकेडी युएनका केद्रिन्य महासचिव गोविन्द श्रेष्ठले एक कार्यक्रममा गरि आठौं दक्षिण एसियाली कराते प्रतियोगिता भुटानको तथा कोरियाको बुसाङ्गमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा छनौट भएका खेलाडीहरुलाई एक कार्यक्रममा गरि खेलाडीहरुलाई सफलताको शुभकामना दिदै बिदाइ गरेका छन् ।
काठमाडौंमा मंगलबार एक कार्यक्रमकाबीच खेलाडीहरुलाई महासचिव श्रेष्ठले खेलाडीहरुलाई शुभकामना दिँदै भने, ‘तपाईंहरुमा जुन उत्साह र उमंग देखाउनु भएको छ । त्यसबाट पक्कै पनि नतिजा आफ्नो पक्षमा पर्न सक्नु हुनेछ ।’ खेलाडीले खेल भावनाअनुसार खेले भने एउटा राम्रो र अनुशासित खेलाडीका रुपमा आफूलाई उभ्याउन सक्ने उनले बताए।
‘खेलाडीले आफूलाई अनुशासनमा राख्न सकेन भने उ गतिशिल हुन सक्दैन,’ महासचिव श्रेष्ठले भने, ‘तपाईंले ‘बेस’ दिनुहोस् नतिजा आफैं आउँछ ।’ सरकारले जबसम्म खेल नीति बनाएर खेलाडीलाई व्यवसायी बनाउन सक्दैन तबसम्म खेलाडीको स्तर उठ्न नसक्ने उनले बताए ।
खेलकुदले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, महासचिव श्रेष्ठले भने, ‘खेलकुदबाट राष्ट्रको नाम र इज्जत फैलाउन सकिन्छ । खेलकुदका माध्यमबाट समाज परिवर्तन गर्दै युवाहरूलाई कुलत र विकृतिबाट सही बाटोमा लगाउन सकिन्छ तर खेल प्रतिस्पर्धा अझ पनि सोचेअनुरूपको व्यावसायिक बन्न सकेको छैन ।’
कोरियाको बुसाङ्ग अन्तर्राष्ट्रिय प्रतियोगितामा चित्र प्रसाद श्रेष्ठ, अनिल ठोकर छनौट भएका छन् । त्यस्तै भुटानको लागि अजय तामाङ्ग छनौट भएका छन् ।
