Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नापी कार्यालय लगनखेलका सर्वेक्षक घुससहित दुईजना पक्राउ

नापी कार्यालय लगनखेलका सर्वेक्षक घुससहित दुईजना पक्राउ

दैनिकी न्यूज

२८, आषाढ २०८१
नापी कार्यालय लगनखेलका सर्वेक्षक घुससहित दुईजना पक्राउ
images

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगानखेलस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसमेत दुई जनालाई घुससहित पक्राउ गरेको छ । यादवसहित आर.बी. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो ।

सोही आधारमा आयोगबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट ४ लाख नगद रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका वडा नं. १२ लगनखेलमा रहेको आर. बी. सेन्टरबाट नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

images
प्रकाशित मिति :आषाढ २८, २०८१ शुक्रवार - ०८:५१:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology