Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सुरक्षाकर्मीप्रति धन्यवाद व्यक्त

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सुरक्षाकर्मीप्रति धन्यवाद व्यक्त

दैनिकी न्यूज

३०, आषाढ २०८१
उपप्रधानमन्त्री श्रेष्ठद्वारा सुरक्षाकर्मीप्रति धन्यवाद व्यक्त
images

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह तथा परराष्ट्र मन्त्रालयमा हुँदा आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

शुक्रबार संसदमा सरकारमाथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ(आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएकोमा धन्यवाद व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले शनिबार नै मन्त्री निवास छोडिसकेका छन् भने गाडी समेत बुझाइसकेका छन् ।

‘काम कर्तव्यको आधारमा हामी फरक फरक जिम्मेवारीमा रहेता पनि, हाम्रो सम्बन्ध मानवतामा र समानतामा आधारित हुन्छ।' सम्बोधनका क्रममा उनले भने– ‘हामी सबै दाजुभाई, साथीभाइ र परिवार हौं।'

images
प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - ०६:१३:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology