Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ई को जिल्ला पदाधिकारी पदस्थापना

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ई को जिल्ला पदाधिकारी पदस्थापना

दैनिकी न्यूज

९, श्रावण २०८१
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ई को जिल्ला पदाधिकारी पदस्थापना
images

काठमाडौं । लायन्स अन्तर्राष्ट्रीय डिस्ट्रिक्ट ३२५ ई को जिल्ला पदाधिकारीको पदस्थापना तथा पहिलो जिल्ला परिषद बैठक हयात्त रिजेन्सि होटल बौद्ध काठमाण्डौमा सम्पन्न भएको छ । ।

लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष लायन फेब्रिस्यो ओलिभेराको प्रमुख आतिथि रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीले पदाधिकारीहरुलाई पदस्थापना गराएका हुन् ।

74ae609b-1081-4f1c-9fbc-32840435446b.jpeg

आफ्नो महत्वपूर्ण सम्बन्धको क्रममा नेपालको लायनहरूको सम्मानमा आफ्नो पहिलो बिदेश भ्रमण नेपालबाट आरम्भ गरेको कुरा गरे । सेवा, नेतृत्व, सदस्यता बृद्धि गरेर नेपाली लायनहरुले गरेको काम विश्वको लागि उदाहरण रहेको पनि बताए । नेपाली लायनहरुले बिमानस्थलदेखि नै भव्य स्वागत गरेकोमा धन्यवाद दिए।

1fb5e3a5-0787-4bb0-8103-52511d389dd6.jpeg

डिस्ट्रिक्ट ३२५ ई ले होटल हयातमा कार्यक्रम आयोजना गरेकोमा डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतलाई धन्यवाद तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।अन्तर्राष्ट्रिय अध्यक्ष कार्यक्रममा सहभागि हुदॉ नौमती बाजाको साथै पुष्प बर्षा गरेर स्वागत गरिएको थियो ।

aac700ae-4285-493c-8b15-5279c281f48e.jpeg

लायन्स अन्तर्राष्ट्रिय अध्यक्ष, लायन्स अन्तर्राष्ट्रिय प्रथम महिलाको महत्वपूर्ण उपस्थिति रहेको उक्त कार्यक्रममा मल्टिपल डिस्ट्रिक्ट ३२५ को अधिकांश गभर्नर, प्रथम र द्वितीय भाईस गभर्नर, पूर्व गभर्नरहरुको सहभागिता रहेको थियो।

d67ec106-477c-4ccd-aa13-2c3269bcd44d.jpeg

अन्तर्राष्ट्रीय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीले आफ्नो सम्बोधनमा डिस्ट्रिक्ट ३२५ ई ले लायन वर्षको शुरुवातमा एेतिहासिक रूपमा सेवाका कामहरु सम्पन्न गरेकोमा डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेत तथा सम्पूर्ण डिस्ट्रिक्ट परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

b72b4717-0c91-4371-a31a-c671ce7eb446.jpeg

पूर्व अन्तर्राष्ट्रीय निर्देशक तथा कार्यक्रमका मुख्य वक्ता लायन संजय खेतानले डिस्ट्रिक्ट ३२५ ई ले बिगत वर्षदेखि गर्दै आएको सेवाका अदभुत कामहरु तथा डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतको नेतृत्वमा भईरहेको समग्र कामहरुको बारेमा चर्चा गरे ।

अन्तर्राष्ट्रीय अध्यक्ष तथा प्रथम महिलाको पहिलो बिदेश भ्रमणमा नेपाल आएकोमा धन्यवाद दिदै अन्तर्राष्ट्रीयले अपेक्षा गरेको क्षेत्रमा उत्कृष्ट काम गर्ने धारणा राखे। डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतले आफ्नो बार्षिक योजनाहरुको बारेमा प्रकाश पार्दै आवश्यकतामा परेको व्यक्ति र समाजमा हामी सेवा गर्छौ भन्ने एकमात्र उद्देश्य लिएर सम्पूर्ण पदाधिकारी तथा लायन साथीहरुलाई काम गर्न आग्रह गरे ।

डिस्ट्रिक्ट सेक्रेटरी लायन अमर कुँवरले संचालनमा सम्पन्न उक्त एतिहासिक कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई पहिलो सत्रमा द्वितीय भाईस गभर्नर लायन श्याम कुमार यादव र दोस्रो सत्रमा प्रथम भाईस गभर्नर लायन हिरा प्रसाद गुप्ताले स्वागत गरेका थिए । डिस्ट्रिक्टको पहिलो नियमित बैठकमा सेक्रेटरी लायन अमर कुँवर र ट्रेजरर लायन प्रमोद घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पास गरिएको थियो।

डिस्ट्रिक्ट ३२५ ई का पदाधिकारी तथा अतिथि सहित क़रीब ५०० लायनहरुको उपस्थिति रहेको कार्यक्रममा डिस्ट्रिक्ट सेवा सप्ताहमा उत्कृष्ट काम गर्नेहरु लाई सम्मान पनि गरिएको थियो।

images
प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - ०९:१०:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology