Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जावलाखेल फ्रेन्डस्ले मनायो पहिलो चार्टर नाइट कार्यक्रम, सहयोग गर्नेलाई सम्मान प्रदान

जावलाखेल फ्रेन्डस्ले मनायो पहिलो चार्टर नाइट कार्यक्रम, सहयोग गर्नेलाई सम्मान प्रदान

दैनिकी न्यूज

११, श्रावण २०८१
जावलाखेल फ्रेन्डस्ले मनायो पहिलो चार्टर नाइट कार्यक्रम, सहयोग गर्नेलाई सम्मान प्रदान
images

ललितपुर । लायन्स क्लब अफ काठमाडौं जावलाखेल फ्रेन्डस्ले पहिलो चार्टर नाइट तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालका पिआरओ इन चिफ लायन रामराजा थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन वर्ष २०२३-२४ मा कार्य सम्पादन गर्न सहयोग गर्नेहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । क्लबलाई एक वर्षभर नजिक रहेका सहयोग गर्ने लायन सित्तल प्रसाद शर्मा, लायन सन्तोष घिमिरे, लायन दिल बहादुर लामा र लायन्स क्लब अफ गोदावरीका प्रेसिडेन्ट लायन राजन आचार्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पास्ट प्रेसिडेन्ट लायन निरन्जन रिसालले पद हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा क्लबले गरेका कार्यक्रमको बारेमा जानकारी दिए । त्यस्तै वर्तमान प्रेसिडेन्ट लायन दिल बहादुर लामाले यो वर्ष क्लबले गर्ने योजना बनाएका कार्यक्रमको बारेमा जानकारी दिँदै सहयोगको लागि सबैसँग आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथी पिआरओ इन चिफ लायन रामराजा थापाले क्लबको थप उन्नती र प्रगतीका लागि शुभकामना दिए । समाजसेवाको यात्रामा सधैं अग्र भागमा रहेर काम गर्न उनले आग्रह गरे । कार्यक्रममा डिष्ट्रिक्ट ३२५ जे का एलसिआईएफ कोअर्डिनेटर लायन दिपक थापा, बागमती एरिया चिफ लायन सित्तल प्रसाद शर्मा, मिडिया चिफ लायन पुरुषोत्तम बस्नेत, रिजन चेयरपर्सन लायन सन्तोष कुमार ढकाल र लायन रोशन कुमार श्रेष्ठ, एरिया कमिटी चेयरपर्सन लायन अशोक श्रेष्ठ लगायतका लायन्स लिडरहरु उपस्थित थिए ।

LC Jwalakhel Friends charter night.jpg

Lc jwalakhel 1 (1).jpg

 

images
प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - ०९:१३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology