काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको खेजेनिम आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर १३ मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अुनसार गएराति ताप्लेजुङ केन्द्रबिन्दु भएर गएको भूकम्प सामान्य खालको हो । भूकम्पको धक्का ताप्लेजुङसँगै आसपासका अन्य जिल्लामा पनि महसुस गरिएको थियो।