ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहीटीस्थित २६ नम्बर वडा कार्यालयको भवनबाट मूल गेटको ताल्चा फोडेर सिपियु ५ थान, मनिटर १ थान र चुलो १ थान गरी करिब १ लाख ३९ हजार ५ सय रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।