Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मौरिसस पुर्‍याई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ

मौरिसस पुर्‍याई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ

दैनिकी न्यूज

३०, श्रावण २०८१
मौरिसस पुर्‍याई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ
images

काठमाडौं । ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्‍याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले
पक्राउ गरेको छ ।

पीडित गत असार २० गते नेपाल फर्किई उजुरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो ।  

न्यौपानेले मासिक ७० हजार रूपैयाँ तलबमा कुकको काममा लगाइदिने तथा काम गरेको केही समयपछि ग्रिन कार्ड समेत पाइने भनि प्रलोभन देखाई २ लाख ५० हजार रूपैयाँ लिई २०८० मंसिर १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्‍याई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलब समेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - ०७:३४:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology