Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बेचन झालाई पुर्पक्ष थुनामा पठाउन जिल्ला अदालतको आदेश

बेचन झालाई पुर्पक्ष थुनामा पठाउन जिल्ला अदालतको आदेश

दैनिकी न्यूज

२, भाद्र २०८१
बेचन झालाई पुर्पक्ष थुनामा पठाउन जिल्ला अदालतको आदेश
images

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई थुनामै राखेर मुद्दाको बाँकी कामकारबाही अघिढाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए। चार दिन भएको थुनछेक बहसपछि उनलाई थुनामा पठाउन आदेश भएको हो।

झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेको आरोप लागेको छ।

झालाई फक्राउपछि संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा अनुसन्धान भइ मुद्दा दायर गरिएको थियो। उनलाई असार १५ गते पक्राउ गरिएको थियो।

झा पक्राउ परेपछि कांग्रेसको राजनीतिक नेतृत्वलाई जोगाउन कांग्रेस एमालेको गठबन्धन बनेर पुष्पकमल दाहाल प्रचण्डलाई विस्थापित गरेको आरोप लागेको छ।

अभियोगपत्र झालाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग भेट गराउने बिचौलिया भएको दाबी गरिएको थियो। हाल पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले बयानमै झामाथि अनुसन्धान गरे थप विवरण खुल्ने दाबी गरेका थिए। तर उनले भने उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। र थप बयान दिन इन्कार गरेका छन्।

जिल्ला अदाललते बालकृष्ण खाँड, टोपबहादुर रायमाझीसहितलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको थियो।

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - १८:४८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology